धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरको मेयर उम्मेदवारका लागि समाजवादी पार्टीले तीनजनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको समाजवादी पार्टी धरान नगर समितिको बैठकले गजेन्द्र इस्बो, ताजुप लिम्बू र शुभचन्द्र राईको नाम सिफारिस गरेको हो ।

बैठकमा गजेन्द्र इस्बोको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा शुभचन्द्र राई, सदर राई, पुन्यबहादुर राई, रामकुमार तुम्बा, वसन्त चेम्जोङ, नइन्द्र लिम्बू, रामकुमार राई, टीका सुब्बा, तेञ्जिङ शेर्पा, चन्द्रमाया लिम्बू, कृष्ण लिम्बू, नयन राई, दाबा शेर्पा, केशवीर राई छन् ।

बैठकले युवा धरान नगर इन्चर्जमा रवि पाख्रिनलाई जिम्मेवारी दिएको छ ।

समाजवादी पार्टी धरान नगरका अध्यक्ष समेत रहेका ताजुप लिम्बूले स्थानीय तहमा भ्रष्टाचार बढेकाले सोविरुद्ध अभियान चलाउनका लागि समिति बनाइएको बताए ।

बैठकमा कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने सुझाव आएको उनले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here