काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु लागेको छ ।

मंगलबारदेखि नै उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि काठमाडौंको टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गरिएको थियो ।

सो क्रममा उनलाई डेंगुको संक्रमण भएको देखिएको हो ।
मन्त्री खनाललाई डेंगुको संक्रमण भएको पत्ता लागेपछि बुधबार उनलाई उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्री खनाललाई विभिन्न ठाउँमा अनुगमनका लागि गएका बेला डेंगुको संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here