तस्बिरः केर्नीन्यूजबाट

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनअनुरुप आगामी असोज ३ गते संविधानको विरोध गर्दै धारा १८, २२, ३२ र अनुसूची ४ जलाउने भएको छ ।

थारु नेता तथा मोर्चाका संयोजक लक्ष्मण थारुले संविधान थारुविरोधी भएकोले संविधानको धारा जलाइने बताए । आन्दोलन शान्तिपूर्ण र लोकतान्त्रिक हुने उनको भनाइ छ ।

‘हामी गैरलोकतान्त्रिक विधि अपनाउन चाहँदैनौ, शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौ,’ थारुले भने, ‘सत्ता पक्ष थारुहरुले टीकापुरको सम्मेलन बिथोल्न धेरै प्रयास गरे । धेरै भ्रम छरे । जसले गर्दा टीकापुरका धेरै थारुहरु सम्मेलनको दिन टीकापुर छोडेर बाहिर गएका थिए ।’

उनले थारुहरुको अधिकार प्राप्त नभएसम्म आफू कुनै पार्टीमा प्रवेश नगर्ने प्रष्ट पारे । उनले थरुहट पहिचानका लागि दश वर्षसम्म पनि आन्दोलन गर्न तयार रहेको सुनाए ।

उनले भने, ‘थारुहरुको अधिकार प्राप्त नहुञ्जेलसम्म कुनै पार्टीमा प्रवेश नगर्ने वाचा गर्दै थरुहट पहिचानको लागि दश वर्षसम्म आन्दोलन गर्न तयार छु ।’

गत भदौ ७, ८ र ९ गते भएको टीकापुर सम्मेलनले शासकहको दिमाग हल्लिएको उनले बताए । उनले सम्मेलनबाटै आन्दोलन घोषणा गरिएको र अब नयाँ प्रविधिको प्रयोग गरी आन्दोलन अघि बढाइने समेत बताए ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here