ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजा बोकेर हिड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको बताएका छन् ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङमा आयोजित पार्टीको प्रदेश नं ३ समायोजन समारोहमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिड्थ्यो । त्यसैले आप्mनै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भीरबाट गुल्ट्याएर गाई मारिरहेको छ, यस्तो पाखण्ड ।’

उनले ७० वर्ष पुरानो कम्युनिष्ट घटक मिलेर डबल कम्युनिष्ट बनेको र त्यसले साम्यवादको सपना देखाएर जनतामा भ्रम छरिरहेको बताए ।

‘७० वर्षभन्दा पुरानो कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिडिरहेको छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ,’ भट्टराईले भने, ‘त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतामा भ्रम छरिरहेको छ ।

एउटाले लोकतन्त्रको नाममा र अर्कोले साम्यवादको नाममा जनतालाई ठगिरहेको उनले बताए ।
उनले २१औं शताब्दीको विज्ञानमा आधारित विचार त्यसको आवश्यकता सुहाउँदो नीति र कार्यक्रम लिएर समाजवादी पार्टी विकल्पको रुपमा आएको बताए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here