बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।
वैद्यले शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो । उनी अन्यायमा परेका छन् ।

टीकापुर एउटा राजनीतिक घटना भएकोले राजनीतिक तवरले नै समाधान खोज्नुपर्ने वैद्यको भनाइ छ ।
टीकापुर पुगेर फर्कने क्रममा बुटवल आएपछि उनले सो अभिव्यक्ति दिएका हुन् ।
थारु समुदाय सामान्तवाद, सुदूरपश्चिम र मधेसीको चेपुपामा परेको उनले बताए ।

अर्को प्रसंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बदनाम मात्रै गरेको बताए । सरकारको परराष्ट्र र कुटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनले बताए ।

अमेरिकाको इन्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद रहेको उनले बताए ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here