निमा पाेङ्स्युवा

धरान । धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न संघीय सरकारबाट आएकाे डा कृष्णकुमार राईको टोली बिहीबार फिर्ता भएको छ ।

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण सम्बन्धी काम गर्न नदिएको भन्दै बिहीबार नै समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुप लिम्बू, उपाध्यक्ष कृष्ण राई, सचिब हेमराज जिमी नगरपालिकामा डेलिगेशन गएका थिए ।

स्थानीय सरकारले डेंगु नियन्त्रण गर्न भनेर आएका चिकित्सक टोलीलाई काम गर्न नदिएर किन फिर्ता गरियो भनेर कार्यवाहक मेयर नरेश इवारम समक्ष डेलिगेशन गएकाे हाे ।

उपमहानगरपाकिकाले संघीय सरकारबाट आएकाे सेवा सुबिधा लिनका लागि नीति नबनेकोले नीति नियम बनाउन केही समय लाग्ने भएको कुरा चिकित्सक टोलीसँग कुरा राखेको तर फिर्ता नपठाएको कार्यवाहक मेयर नरेश इबारमले बताए ।

संघीय सरकारबाट आएका टोलीलाई काम गर्न दिने निकासको लागि बिहीवार बैठक बस्ने इबारमले बताए । बाटो खुलाउनको लागि शुक्रबारसम्म लाग्ने कुरा चिकित्सकलाई सुझाएको बताए । उपमहानगर स्वास्थ्य बिभागका प्रमुख लालबाबु यादबले बिहीवार बिहान बैठक बसे पनि पूर्णता नभएकोले निर्णय हुन नसकेको बताए ।

धरान उपमहानगरले डेंगु नियन्त्रणको लागि भनेर सिफारिस समेत गरेको तर समाजवादीले पहल गरी चिकित्सक आउँदा किन फर्काइयाे भन्दै ताजुप लिम्बुले असन्तुष्टि पाेखे ।

1 COMMENT

  1. यस्तै दरिद्र संकुचित साेचले गर्दा नै नेपालमा बिकास न भकाे हाे। सर्बसाधारणकाे स्वास्थयसंग सम्बन्धित बिषयलाई पार्टीगत रूप दिएर चिकित्सक टाेलिलाई फिर्ता पठाईनु बिडम्बना। जनताकाे स्वास्थ्य उसकाे पार्टीले दिएकाे बिर्ता हाे र? कमसे कम मान्छे भएर साेच्नु नि। छि! घटिया साेच भएका मान्छे कुर्चि भएसि यस्तै हाे। राेगले थला परेर मरणावस्थामा पुगिसक्याे नीति नियम बने छैन , अकाे छैन भनेर उपचार नपाउने जनताले?? कसले दिन्छ यसकाे जवाफ? बिरामी मर्याे भने कसले लिने यसकाे जिम्मेवारी??

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here