काठमाडौं– दश प्लस एक प्रदेशको पक्षमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन उठ्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् ।

आफ्नाे फेसबुक पेजमा लामो स्टेटस लेख्दै उनले पहिचानवादीहरुले दुःख गर्न नसकेको गुनासो गरेका छन् । उनले पहिचानको आन्दोलन र देशकै चिन्ताले आफू रातको चार बजेसम्म निदाउन नसकेको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘रातको ४ बजेसम्म पनि निदाउन नसक्दा नेपाल, नेपाली र पहिचानवादीहरुको चिन्ताले मन खान्छ । देशको हरेक क्षेत्रमा नयाँ चिज सिर्जना गर्न कोही नचाहने, पहिचानवादीहरु दुःख गर्न नचाहने, यी कुराहरुले हामीलाई कहाँ पुर्याउँछ होला ।’

नेपालका कम्युनिष्ट कांग्रेस नेताहरुले युग सुहाउँदो नयाँ विचार नल्याउने र यता पहिचानवादीहरु पटक्कै दुःख गर्न नचाहने सोचका भएको लिङ्देनले बताए ।

रातको ४ :०० बजेसम्म पनि निदाउन नसक्दा नेपाल, नेपाली र पहिचानबादीहरुको चिन्ताले मन खान्छ ।
देशको हरेक क्षेत्रमा नयाँ चिज सृजना गर्न कोही नचाहने, पहिचानबादीहरु दुःख गर्न नचाहने, यी कुराहरुले हामीलाई कहाँ पुर्याउछ होला ।

कांग्रेस र कम्युनिस्ट पार्टीमा बाहुन साथीहरुले नेतृत्व गरेका छन् – आफूलाई टाठाबाठा सम्झने बाहुन साथीहरुले देश, युग सुहाउँदो नयाँ बिचार ल्याउनु नि ! 
उहिले असफल भैसकेको कम्युनिस्ट व्यवस्थाको राग अलापेको छ, बहुदलीय जनबाद भनेर झुक्याएका छन् – कहिँ कम्युनिस्ट पनि बहुदलीय जनबाद हुन्छ ? -कहिँ तातो बरफ हुन्छ ?

कांग्रेसहरुले एकात्मक लोकतंत्रको दुहाइ दिएका छन् – एकात्मक लोकतंत्र भनेको उहिले नै म्युजियममा पुगिसकेको ब्यबस्था हो ।
केही पहिचानबादी साथीहरु समाजबाद उरालिरहेका छन् – समाजबाद र पहिचानबाद भनेको १८० डिग्री होइन ५६० डिग्री फरक कुराहरु हुन् ।

उता हामी पहिचानबादी १० +१ प्रान्त चाहनेहरु दुःख गर्न पटक्कै नचाहने, जसरी पनि छिट्टै सफल हुनुपर्छ भनेर सोच्ने, असफल हुनै नचाहने सोचले ग्रस्त छौ |

जबकि प्रान्त प्राप्ति भनेको राज्य प्राप्त नै हो | प्रान्त प्राप्त गर्नुको लागि हाम्रो समुदायलाइ आधुनिक रास्ट्रमा रुपान्तरण गर्न सक्नुपर्छ, trasformation of community to modern nations हो । 

समुदायलाई राष्ट्रमा रुपान्तरण गर्नु राजनैतिक शास्त्रको सबै भन्दा जटिल कार्य हो र राष्ट्रमा बिकसित नभइ प्रान्त प्राप्त हुँदैन ।

अनि,
समुदायलाई राष्ट्रमा रुपान्तरण गर्ने क्रममा सम्बन्धित समुदायको धेरै पसिना, रगत, आशु, समय, यौबन खर्च हुन्छ ।

धेरै असफलताहरुलाई क्रस गर्न वा बहादुरितापूर्वक सामाना गरेपछि मात्र त्यो समुदाय राष्ट्रमा रुपान्तरण हुन्छ । यो राजनैतिक शास्त्रको आम नियम हो ।

राजनैतिक शास्त्रको यस्तो नियम र अनुभव हुँदाँहुदै हामी १० +१ प्रान्त पक्षधरहरु दुःख गर्ने नचाहने, असफलतासँग सामाना गर्ने नचाहने मानसिकताले ग्रस्त छौ ।

मैले बुझेको, हामी पहिचानबादीहरु अहिले हाम्रो समुदायलाई राष्ट्रमा विकसित गर्ने महान चरणमा छौ । निश्चय पनि यो गाह्रो चरण हो । हामीले अति धेरै मेहनत, धैर्यता, संघर्षशिलाता विकास गर्नुपर्छ आफूभित्र । 

खुइलीसकेका आयातित विचारहरु भाझेर जसरी पनि चुनाब जितेर राज्य कोष हडप्ने जस्तो होइन राष्ट्र बन्ने कुरा ।
झन् अझ गहिरिएर हेर्ने हो भने कम्युनिज्म र सोसिएल्जिम (समाजवाद) भनेको anti nation (राष्ट्र निर्माणविराेधी विचारहरु हुन्) ।

यो कम्युनिस्ट बिचारहरुले जहिले पनि समुदायलाई राष्ट्र भन्ने प्रक्रियामा भाजो हाल्छ र समुदायलाई राष्ट्र बन्न नदिने मात्र होइन, बरु आदिम जंगली युगतिर फर्काउने दर्शन छाट्छ ।

त्यसैले सबै पहिचानबादी साथीहरु, हाम्रो लाइन एकदम महान छ ।
हाम्रा विराेधी बिचारहरु धेरै छन् ।

जसरी निर्मम गरी ती बिचारहरु हामीमाथि थोपरीरहेका छन् हामी पनि त्यतिकै निर्मम गरी प्रस्तुत हुँदै निरन्तर अघि बढ्नुपर्छ ।

जय लिम्बुवान, जय १० +१ प्रान्त ।

2 COMMENTS

  1. हिजो india मा british ले एकीकरण गर्नु अगाडि 565 राज्य हरु थिए तर अहिले २९ भाषिक राज्य हरु छन । पाकिस्तान india धर्मिक आधार बिभाजन भाको देश हो । अनि पाकिस्तान , बङ्गला देश भासाको आधारमा बिभाजन भाको देश हो । भासाको आधारमा बङ्गला देश बनेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here