काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका नेता भिम राईलाई ‘थारुहरुको जमिन खोसेर उनीहरुलाई नै कमैया, कमलरी बनाउनु कम्युनिजम हो ?’ भनेर प्रश्न गरेका छन् ।

रावलले गत भदौ ७ गते कैलालीको टीकापुरकमा गएर भट्टराईले उत्तेजना, सामाजिक सद्भाव बिथोल्ने काम गरेको आरोप लगाएपछि प्रतिउत्तरमा भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छ, ‘मित्र भिम रावललाई प्रश्न– झापा आन्दोलन भजन गाएर भएको थियो ? थारुहरुको जमिन खोसेर उनीहरुलाई नै कमैया, कमलरी बनाउनु कम्युनिजम हो ? तपाईले थारु भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो ? थारु, मैथिली, नेवारी भाषामा लोकसेवा जाँच दिनुपरे तपाईका कति सजातीय अहिले सचिव हुँदा हुन् ?’

अर्को ट्वीटमा उनले माक्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष नभएर सापेक्ष हुन्छ भन्दै रावललाई स्मरण गराएका छन् ।

उनले नाम कम्युनिष्ट पार्टी राख्ने तर कुरा एकलजातीय अहंकारवादी गर्ने ? भन्दै रावललाई प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here