कैलाली– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले रेशम चौधरीलगायत थुनामा रहेका सबै थारुहरुलाई यथाशिघ्र हिराई गर्न सरकारसँग माग गरेका छन् ।

कैलालीको टिकापुरमा शनिबार आयोजित ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन’को उद्घाटन समारोहमा नेता लिङदेनले भने, ‘रेशम चौधरीलगायत सबै साथीहरुको यथाशिघ्र रिहाईको लागि आग्रह गर्दछु ।’

सम्मेलनले रेशम चौधरीलाई रिहाई गर्ने गरी शक्तिशाली आन्दोलनको कार्यक्रम तय गर्ने उनले विश्वास व्यक्त गरे ।

आदिवासी जनजातिहरु एकजुट भएर आन्दोलित भएको खण्डमा मात्रै आदिवासीहरुले मुक्ति पाउने उनको भनाइ छ ।
‘हामी एक्लाएक्लै अगाडि बढेकोले हामी मारमा परेका छौ,’ उनले भने, ‘जुन दिन हामी एक हुन्छौ त्यो दिन हामीले जित्नेछौ ।’

3 COMMENTS

  1. Kumar lingden sir lai dhanyavad dina chahanxu, hajurko banai sangga mero sahamat xa , Resham Chaudhari lagayat tharuharu anyaya maparekaiho , tiniharulai rihai ko lagi kadam chalema hami sath dinexau tara aadivasi janajati banera hoina – tapai hami sampurna Mulbasi vaera aghi badhema rajyale awasya ghunda tekne xa yasma kunai shanka nai xaina 100% guaranty.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here