जनकपुरधाम– पार्टी एकताको प्रक्रियामा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नं २ को नाम र राजधानीको विषयमा एक मत भएको छ ।
दुई दलले प्रदेश नं २ को नाम र राजधानीका लागि बिहीबार संयुक्त प्रस्ताव समेत दर्ता गराएका छन् ।
प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव गरिएको छ ।

समाजवादी पार्टीका सचेतक शैलेन्द्र साह र राजपाका प्रमुख सचेतक परमेश्वर साहले संयुक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा राजधानीको सीमासमेत तोकिएको छ ।
मिथिला माध्यमिक परिक्रमा सडक, उत्तरमा ढल्केबर राजमार्ग, पूर्वमा कमला नदी र दक्षिणमा भारतको सीमासम्मको क्षेत्र तोकेर राजधानी प्रस्ताव गरिएको छ ।

समाजवादी र राजपाबीच ढिलोछिटो एकता भइछाड्ने नेताहरुले बताएका छन् ।
समाजवादीका उपाध्यक्ष रकम चेम्जोङले ढिलै भए पनि एकता हुने बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here