ललितपुर– समाजवादी पार्टीनिकट समाजवादी मगर संघ नेपाल घोषणा गरिएको छ ।
सोमबार ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोमबहादुर दर्लामी मगरको अध्यक्षतामा ९९ सदस्यीय समिति घोषणा गरिएको हो ।
तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबिच एकीकरण भएपछि दुवै दलसम्बद्ध मगर संगठनको समायोजन गरी समाजवादी मगर संघ घोषणा गरिएको हो ।
समितिको सहअध्यक्षमा राजेश पुन मगर, वरिष्ठ उपाध्यक्षमा ललित खपाङ्गी मगर छन् ।
उपाध्यक्ष पदमा ११ जना छन् ।
महासचिवमा झलक थापा मगर चयन भएका छन् ।
