काठमाडौं– राज्यले आदिवासी जनजाति, मधेसी दलित लगायत समुदायमाथि उत्पीडन र शोषण गरेको भन्दै उत्पीडितहरुप्रति सहानुभूती दिदै युट्युब च्यानलमा अन्तर्वार्ता दिएर आदिवासी जनजाति पक्षधर जस्ता देखिएका डा सुरेन्द्र केसी अब हिन्दू राज्य र राजसंस्था फर्काउने अभियानमा लागेका छन् ।

हेमविक्रम सिलवाल नेतृतवको नागरिक समाज भनिने एउटा समूहले शुक्रबार काठमाडौंको रिपोटर्स क्लबमा आगामी मंसिरसम्ममा नेपाललाई हिन्दू राष्ट्र बनाएर राजसंस्था फिर्ता नगरे ७२ घण्टे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिए, र उक्त कार्यक्रममा देखिए डा सुरेन्द्र केसी ।

हिन्दू राष्ट्र र राजसंस्था स्थापित गर्ने एजेन्डामा उनले सहमति मात्रै जनाएनन् कि सो का पक्षमा भाषण समेत गरे ।
वाम राजनीतिक पक्षधर तथा राजनीतिक विश्लेषक समेत भनिने केसी नै नेपाललाई हिन्दू राज्य बनाउने अभियानमा लागेका हुन् ।

उनले नेपालमा धर्मनिरपेक्षता कसरी आयो भन्ने कुरा तत्कालिन जिम्मेवार पार्टीका जिम्मेवार नेताहरुले नै थाहा नभएको अभिव्यक्ति दिएको स्मरण गर्दै भने, ‘अरु त के कुरै छोडौ नेपाली कांग्रेसका तत्कालिन प्रमुख सचेतक लक्ष्मण घिमिरेले नै धर्मनिरपेक्षता कहाँबाट आयो भन्ने कुरा थाहा नभएको भन्नुभयो ।’

समाजले गत जेठ २५ गते सभामुख कृष्णबहादुर महरालाई हिन्दू राज्य र राजसंस्था स्थापनाको मागका लागि ज्ञापनपत्र बुझाएको थियो ।

‘हामीले बुझाएको ज्ञापनपत्र यत्तिका समय हुँदा पनि सुनुवाइ भएन र हामीले गर्दै आएको खबरदारीसभा त देशभरि जारी रहिरहने छ । र अबको पाँच महिनाभित्र कुनै सुनुवाइ नभए मंसिर १ गतेदेखि ७२ घण्टे लाखौ जनताको उपस्थितिमा सत्याग्रह गर्न हामी बाध्य हुनेछौ,’ समाजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here