ओलीजी, प्रचन्डजी,
अहिले तपाईं ब्राह्मणहरुको हातमा देशको सत्ता छ । जेहोस् आदिवासी, दलित शिल्पी, मधेसीलाई खेलौना बनाउन, पेल्न माहिर देखिएको छौं ।

संविधानमा लेखिएको ४५ प्रतिशत आरक्षणलाई पनि यसपल्टदेखि अन्त्य गरिदियौ ।
किनभने आजको दिनसम्म तपाईंहरुले धेरै आदिवासी, दलितहरुलाई आफ्नो पार्टीमा दास बनाउन सफल भएका छौं ।
तर सधैं स्थिति त्यस्तो हुँदैन ।
आदिवासी, दलित, मधेसी समुदायमा नयाँ तरिकाले सोच्ने यङ्ग जेनेरेशनको जन्म भइसकेको छ ।

तलको फोटो निर्वाचन सम्बन्धी ऐनहरुको संग्रह र त्यहाभित्रको एउटा सूचि हो ।
त्यही सूचि अनुसार सांसदहरु चुनिन्छन् ।

उक्त सुचिमा सबैको आ-आफ्नो कोटा छ ।
तर यो देशमा सबैभन्दा बढी सिङ्गल मेजाेरेटीमा रहेको खस-क्षेत्रीहरुको (१७ प्रतिशत) कोटा छैन ।
कोटा छ तर आर्यसँग टासिएको छ ।

खस र आर्यको क्लस्टर एकै ठाउँमा टासेर प्रतिशत धेरै बनाउने अनि त्यहाँबाट आर्यमात्र छिर्ने, क्या ! प्लान है ब्राह्मण साथीहरुको ।

अहिले हरेक क्षेत्रबाट खस-क्षेत्री आउट हुँदैछ । किनभने उनीहरुको आफ्नो भिन्दै कोटा छैन ।

त्यसैले अहिले खसहरुले आर्य र खस भिन्दै हो, खस र आर्यको क्लस्टर छुट्याउ भन्ने आन्दोलन अघि बढाएको हो ।

ब्राह्मण नेता मित्रहरु,
धेरै चलाखी कहिलेकाहीँ आफैलाई खतरा हुन सक्छ ।

१७ प्रतिशत खस-क्षेत्रीहरुले यो कुरा बुझेर आन्दोलन चलाएको दिन ओली, प्रचन्डजीहरुको आँखाबाट पानीको हाेइन रगतको आँशु बग्नेछ ।

र, खस-क्षेत्रीहरुको त्यो आन्दोलनलाई हामी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पूर्ण समर्थन गर्नेछौ ।
र, मञ्चले खसहरुसँग तीव्र सहकार्य अघि बढाइसकेको छ ।

खस र आर्य एउटै होइनन्, अहिलेका शासकहरुलाई चेतावनी,
आदिवासी, दलितको शिकार गरेर रगत खान पल्केकाहरू हुँडारहरु हो ।
एकदिन तिमी शिकारीहरु खुद शिकार हुनेछौ ।

जय लिम्बुवान, जय १०+१ प्रान्त । कुमार लिङदेनकाे फेसबुक पेजबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here