काठमाडौं । लोकसेवा आयोगको विज्ञापन विरुद्धको विशाल प्रदर्शनमा ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ले विशेष तरिकाले सहभागिता जनाउने भएको छ ।

लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै भोलि (असार ३१ गते) काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने तयारी गरिएको छ । उक्त प्रदर्शनमा नन्द कन्दङ्वा, सुन्दर लावती, राम मादेन, टंक सेलिङ, सागर केरुङलगायत लिम्बुवान स्प्रिङ आन्दोलन अगुवाहरुको नेतृत्वमा युवाहरुले सहभागिता जनाउनेछन् ।

आयोगको विज्ञापन संविधानमा उल्लिखित समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको भन्दै उक्त विज्ञापन रद्द गरी सच्याएर विज्ञापन गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन’ले विशाल प्रदर्शन र नेपाल बन्दसहितको आन्दोलन घोषणा गरेको छ । जसअनुसार आइतबार साँझ काठमाडाैं उपत्यका लगायत देशका विभिन्न स्थानमा मसाल जुलुस निकालिएकाे थियाे । आगामी साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलनका टंक सेलिङका अनुसार अनुसार ३१ गतेको प्रदर्शनमा लिम्बुवान स्प्रिङका युवाहरुले आप्mनै टिस–र्ट लगाएर व्यानरसहित प्रदर्शन गर्नेछन् ।

‘लिम्बुवान स्प्रिङ आन्दोलनले भोलि (असार ३१) विशेष तरिकाले निस्कनेछ, आन्दोलनकारीहरुको मनोबल बढाउनका हामी विशेष रुपमा उत्रनेछौ,’ युवा नेता सेलिङले भने, ‘लिम्बुहरु भनेकै यो देशका एउटा प्रमुख आदिवासी जनजाति भएको हिसाबले पनि आदिवासी, मधेसी, मुस्लिम दलितहरुको आन्दोलनमा हामी मिसिनुपर्ने हुन्छ ।’

लिम्बुवान स्प्रिङ आन्दोलनका केही युवाहरुले आइतबार काठमाडौंमा आयोजित मसाल जुलुसमा समेत सहभागिता जनाएका थिए भने यसअघि आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ लगायतले गरेको आन्दोलनमा पनि सहभागिता जनाउँदै आएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here