[sharethis-inline-buttons]

काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिचको एकता साच्चिकै एकता हो कि व्यक्तिगत स्वार्थको एकता हो ? हेर्न बाँकी रहेको बताएका छन् ।

पुष्पकमल दाहाल र केपी शर्मा ओलीको आ-आफ्नै दाउ भएजस्तै उपेन्द्र र बाबुरामको निहित स्वार्थ छन् कि छैनन् भन्ने थाहा पाउन पर्खेर हेनुपर्ने संग्रौलाले बताए ।

‘साच्चिएकै एकता भएको हो कि होइन त्यो हेर्न बाँकी छ । एकतामा के हुन्छ भने दुवै पक्षको आ–आफ्नाे दाउ स्वार्थ हुन्छ । जस्तै पुष्पकमल र ओलीको दाउ भएजस्तै बाबुराम र उपेनजीको आफ्नाे निहित स्वार्थ छन् कि छैनन् ? त्यो पर्खेर हेर्नुपर्छ,’ सार्वजनिकसँग संग्रौलाले भने, ‘तर यो सच्चा अभिप्रायले एकता गरिएको हो भने यसले केही कुराहरुको संकेत गर्छ ।’

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्तिबिचको एकतालाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा संग्रोलाले सयो भनेका छन् ।

एकता हुनु राम्रो कुरा हो । किनभने यो सत्ता यति अहंकारी छ कि तपाईको नंम्र निवेदनलाई मान्दै–मान्दैन । तपाईसँग बल कति छ, तपाईको पाखुरा कत्रो छ, हातमा ढुंगा कति छन्, ढुंगा बोक्ने कति छन् । त्यसले निर्णय गर्छ ।
यो एकता पहिले पनि प्रयत्न भएको थियो । पहिलेको प्रयत्न के कारणले सफल भएन त्यो म जान्दिनँ । यो साच्चिकै एकता भएको हो कि होइन त्यो हेर्न बाँकी छ । एकतामा के हुन्छ भने दुवै पक्षका आ–आफ्नाे दाउ स्वार्थ हुन्छ । जस्तो पुष्पकमल र ओलीको दाउ भएजस्तै बाबुराम र उपेनजीको आफ्नाे निहित स्वार्थ छन् कि छैनन् त्यो पर्खेर हेर्नुपर्छ ।

तर यो सच्चा अभिप्रायले एकता गरिएको हो भने यसले केही कुराहरुको संकेत गर्छ । नेपालमा मधेस र पहाड विभाजित छ । त्यो विभाजन भनेको भयानक ठूलो रोग हो । यो साच्चिकै राम्रो एकता भएको हो भने त्यसले मधेर र पहाडलाई जोड्छ । भोलि उपेनजी पहाडको सभामा गएर बोल्न सक्नुहुन्छ । मधेसको सभामा गएर बाबुरामजी बोल्न सक्नुहुन्छ । मधेस पहाडको मिलन, अन्तरघुलन धेरै कुरा हुन्छ ।

अहिलेसम्म उपेनजीको भूगोलमा सीमित पार्टीजस्तो देखिएको छ । भूगोलबाट पार्टी बाहिर निस्केको छैन, अहिलेसम्म पनि त्यस्तै देखिन्छ । अनि बाबुरामजीको चाहिँ संविधान निर्माण प्रक्रियामा बाबुरामको भूमिकाको कारणले मधेसी त बाबुरामसँग खुसी छ्रैनन् । अन्तरिम संविधानलाई अंगभंग गरेर जस्तो संविधान बनाइयो त्यो त बाबुरामले गर्दा भएको हो । बाबुराम त सभापति थिए, त्यसकारण मधेसी खुसी छैनन् । जनजाति पनि खुसी छैनन् ।

बाबुरामसँग जनजाति र मधेसीको माँझमा सहज ढंगले उभिएर बोल्ने ठाउँ थिएन, यो एकताले ठाउँ बनाउन सक्छ । यदि यो कुरा भएमा, पहाड मधेस जोड्ने काम भएमा, उपेनजीलाई पहाडीहरुको बिचमा संवाद गर्ने ठाउँ बनाएमा, बाबुरामलाई मधेसी र जनजातिहरुको बिचमा बोल्ने ठाउँ बनाएमा राम्रो हुनेछ ।

1 COMMENT

  1. सहि लाग्याे विश्लेषण खगेन्द्र सर काे! साँच्चै गज्जब हुने थियाे याे समायाेजन ले तराई र पहाड लाई जाेडेर त्याहाँ भएका जातीय, लैङ्गीक, सामाजीक, अथवा सबै खाले असमानता र विभेद हरु लाई अन्त्य गर्ने वातावरण बन्ने भए!

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here