दक्षिण अफ्रिकामा २० वर्ष बिताएको महात्मा गान्धी त्यो बेला जातिवादी (रेसिष्ट) थिए । उनले काला जातिहरू भारतीय भन्दा पनि तल्लो स्तरको हुन्छ र अफ्रिकामा कालाको हातमा भन्दा गोराको हातमा शासन भएको ठीक हो भनेर अभिव्यक्ति दिएका थिए ।

उनले त काला जातिलाई “काफीर”सम्म भनेका थिए । यो शब्द निन्दनीय हो । यही भएर गान्धी नोवेल शान्ति पुरस्कारबाट बञ्चित भएका थिए ।

गान्धी जातिवादी हो भनेर गत साल अफ्रिकी मुलुक घानाको विश्वविद्यालयको प्राङ्गनमा ठड्याइएको गान्धीको मुर्ती नै भत्काइयो ।

भारतमा गान्धी छुवाछुत प्रथाको अन्त्यको पक्षमा बोले पनि वर्णश्रम व्यवस्था कायम नै गराउन चाहन्थे ।

गान्धी जस्तो शान्तिवादी नेतासँग त नश्लीय चिन्तन थियो भने नेपालका हिन्दू उग्रवादीहरूले तामाङ चेलीहरूलाई मुम्बईसँग जोड्नु कुन आपत्ति भयो र ? आपत्ति त हाम्रै झोलेहरूसँग हो । जसको आड पाएर उनीहरूले नश्लीय प्रहार गरिरहेका छन् ।

(बलदीप प्रभाश्वर चामलिङकाे फेसबुकबाट)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here