[sharethis-inline-buttons]

काठमाडौं । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी र राजपाबिच एकता हुने बताएका छन् ।
दुई पार्टीबिचको एकताका लागि अनौपचारिक वार्ता भइरहेको र वार्ता सकारात्मक रहेको पूर्वमन्त्री समेत रहेका चेम्जोङले बताए ।

‘पार्टी एकता वार्ता सकारात्मक दिशामा भइरहेको छ,’ सार्वजनिकसँग उनले भने, ‘एकता हुन्छ तर समय लाग्न सक्छ ।’
उनले तत्कालिन संघीय समाजवादी फोरमले नयाँ शक्ति पार्टी र राजपा दुवैसँग तत्कालिन समयदेखि नै एकताको वार्ता गर्दै आएको बताए ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्तिबिच गत वैशाख २३ गते एकता भएको थियो ।
तर उक्त एकतापछि राजपासँगको दुरी केही टाढिएको थियो ।
हाल दुवै दलबिचको एकता प्रयास फेरि सुरु भएको चेम्जोङले बताए ।

एकताका लागि राजनैतिक वैचारिक दृष्टिकोणमा समस्या छैन । तर नेताहरुको पदीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा वार्ता चलिरहेको बताइएको छ । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ,’ चेम्जोङले भने ।

उनको यो भनाइबाट पनि दुई दलबिच नेताहरुको पोर्टफोलियो मिलाउने प्रयास गरिदैछ भन्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here