काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालमै जटिल किसिमका रोगहरुको उपचार पनि सुरु भएकोले उपचारका लागि विदेश नजान नेता तथा सर्वसाधारणसँग आग्रह गरेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उनले आफू पनि उपचारका लागि विदेश नजाने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

‘अहिले नेपालमा धेरै रोगहरुको धेरै खालका जटिल उपचार पनि सम्भव छ, उपचार भइरहेको छ । चाहे त्यो हार्ट सर्जरी होस्, चाहे न्यूरो सर्जरी होस्, चाहे किड्नी ट्रान्स्प्लान्ट होस् उपचार नेपालमै सम्भव छ,’ उनले भने, ‘विश्वास गरेर हामी पनि नेपालमै उपचार गरौ । म पनि गराउँछु यहाँहरु पनि गराउनुस् ।’

उनले नेपालमा पनि क्यान्सर, किड्नी, हार्ट, डाइबिटीजलगायत नसर्ने रोगहरुको विरामीको संख्या तीव्र रुपमा बढिरहेकोले खानपान र जीवनशैली सुधार गर्नुको विकल्प नरहेको बताए ।

सो क्रममा उनले विदेशमा गएर उपचार गर्ने नेता वा सर्वसाधारण जो कोहीलाई पनि राज्यले खर्च नदिने प्रष्ट पारे ।

‘विदेशमा उपचार गर्नका लागि कसैलाई पनि सरकारी कोषबाट खर्च दिने छैनौ भनेर हामीले यही सदनबाट ऐन पारित गरिसकेका छौं । सबैका लागि यो कानुन लागू भइसकेको छ,’ मन्त्री यादवले भने, ‘विदेशमा उपचार गराउन जाने इच्छा भएको र पैसा भएकोलाई रोक्न सक्ने कानुनी प्रावधान चाहिँ छैन, व्यवस्था पनि छैन ।’

उनले नेपालमा पनि क्यान्सर, किड्नी, हार्ट, डाइबिटीजलगायत नसर्ने रोगहरुको विरामीको संख्या तीव्र रुपमा बढिरहेकोले खानपान र जीवनशैली सुधार गर्नुको विकल्प नरहेको बताए ।

उनले बाहिरबाट आउने गुणस्तरहीन खाद्यवस्तुका कारण यी रोगहरु बढिरहेको बताए ।
उनले भने, ‘बाहिरबाट आउने गुणस्तरहीन खाद्यवस्तुहरु त्यसका कारणहरु हुन् र यस क्षेत्रमा वास्तवमा हामी सबैले गम्भीरतापूर्वक ध्यान नदिने हो र यसलाई नियन्त्रण नगर्ने हो भने यो नसर्ने रोग अभैm बढ्दै जानेछ ।’

मन्त्री यादवले किड्नी, क्यान्सर लगायत ८÷९ किसिमको रोगको उपचारका लागि सरकारले सर्वसाधारणलाई आर्थिक सहयोग गरिरहेको बताए ।

उनले हाल गुणस्तरीय औषधी मात्रै बिक्रीवितरण गर्न दिने र बेलाबेला औधषीको परीक्षणका लागि सरकारले आधुनिक प्रयोगशाला निर्माण गरेको र निरिक्षण पनि भइरहेको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here