काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सांसद रेशम चौधरीलाई अस्पतालमा समेत फलामको नेल र हतकडीले बाँधिएको सन्दर्भ जोड्दै आफ्नाे हातमा शक्ति छ भन्दैमा अति नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेता लिङ्देनले एकदिन न एकदिन देशका आदिवासी, दलित, मधेसी, खसहरुले ब्राम्हणवादी शासकसँग बदला लिने बताए ।

‘हे ब्राम्हणवादी शासकहरु तिमीहरु हातमा शक्ति छ भनेर अति गर्दैछौ,’ उनले भनेका छन्, ‘तर एकदिन न एकदिन यो देशका आदिवासी, दलित, मधेसी, खसहरुको संयुक्त शक्तिले तिमीहरुसँग बदला लिनेछ ।’

हामीले पनि इख लिऔ, हामीले आफ्नै साझा चुनाव चिन्हबाट लडेर सांसद हाेऔ ।

उनले सम्पूर्ण आदिवासी, दलित र मधेसीहरु एकजुट हुन अपिल समेत गरेका छन् । आगामी निर्वाचनमा उत्पीडितहरु एउटै चुनाव चिन्हमा लड्न आजैदेखि छलफल थाल्न उनको आग्रह छ ।

‘हामीले पनि इख लिऔ, हामीले आफ्नै साझा चुनाव चिन्हबाट लडेर सांसद हाेऔ,’ उनले लेखेका छन्, ‘र सबभन्दा पहिले त्यो संसदको सबै टेबल कुर्सी लात्ताले हानेर धुलो पिठो बनाऔ ।’

उनले पछिल्लो घटनाले आफ्नाे आत्मा धेरै उथलपुथल भएको भन्दै सांसद रेशम चौधरीलाई धैर्य गर्न आग्रह गरे ।
‘माननीय रेशमजी तपाई धैर्य गर्नुहोस्, हामी लाखौ आदिवासी, दलित, शिल्पीहरु सल्लाह गर्दैछौ,’ नेता लिङ्देनले लेखेका छन्, ‘हामी चाडै आन्दोलन अघि बढाउनेछौ ।’

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here