काठमाडौं । गोर्खा भर्ती हुन चाहने युवाको दैनिकीमा आधारित ‘सर्ट मुभी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी सुकदेव चामलिङद्वारा निर्देशित ‘ड्रिम गोर्खा’ युट्युवमा सार्वजनिक भएको हो । ‘ड्रिम गोर्खा’मा गोर्खा भर्ती हुन युवाले गर्ने दैनिक संघर्षका कथा देखाउन खोजिएको छ । सम्वादरहित सो फिल्ममा भर्ती हुन गर्नुपर्ने कडा मिहेनत प्रस्तुत गरिएको छ । जसको लागि गोर्खा भर्तीका लागि तयारी गरिरहेका खोटाङ रतन्छाका राजन राईले प्रमुख भूमिका निर्वाह गरेका छन् ।

धरानका चामलिङले गोर्खा भर्तीका लागि गरिने आवश्यक तयारीबारे जानकार रहेकै कारण फिल्म बनाउन सहज भएको बताए । उनले भने, ‘सानैदेखि ब्रिटिस लाहुरे बन्न चाहनेको पूर्वतयारीबारे जानकारी मनग्गे थियो । यसैले फिल्म छायांकन गर्न गाह्रो लागेन ।’ चामलिङकै सम्पादन र ‘कन्सेप्ट’ रहेको फिल्मको छायांकन मोबाईलले गरिएको थियो । ‘मोबाईलबाटै हलिउडमा फिल्म बनाइएको सुनेको थिएँ’, चामलिङले भने, ‘यसैले प्रयास गरौं न भनेर गरियो ।’

उनका अनुसार आफैले प्रयोगमा ल्याइरहेको ओप्पो ए–३७ मोबाईलबाट छायांकन गरिएको जिकिर गरे । उनले छायांकनका लागि बूढानिलकण्ठ नगरपालिकाभित्रका विभिन्न स्थान चयन गरेको जनाए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here