काठमाडौं । प्राध्यापक बालकृष्ण माबुहाङले युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बीबीसीले प्रश्न सोध्दा उनले प्रश्नको भेउ नपाएको टिप्पणी गरेका छन् ।

माबुहाङले बीबीसीले लिएको प्रधानमन्त्री ओलीको अन्तर्वार्ता भिडियो सेयर गर्दै यस्तो बताएका हुन् ।

तर प्रधानमन्त्री ओलीले नआत्तिकन जवाफ दिन प्रयास गरेकैमा नेपालीहरुको नाक ठूलो भएको पनि बताएका छन् ।
उनले आफ्नाे फेसबुकमा यो कुरा लेखेका छन् ।

पानी त दुवै आग्रा र गाग्रामा हुन्छ नि त !

बिबिसीको प्रश्नको भेउ पाउन गारो भयो प्रमलाई । मान्नु पर्ने चाहिँ भेउ पाए जत्तिकै बोल्नु।

संसारलाई लाज मर्दो कुरो चाहिँ ६० जना सरकारी आधिकारिक ‘सम्पर्क अधिकारीहरू हिमाल चढ्नेहरू सित गाका, हिमालमा चाहिँ ५ जना मात् भाका’ बिबिसिलेनै संसार भरी फुक्यो। यो पुरानै दशा हो। हिमाल चढ्ने र चढाउने चाहिँ सेर्पा हुन तर ती भने सम्पर्क अधिकारी कहिले भएनन् नेपाली राज्यको लागि। केवल भरिया मात्र भए । आधिकारिक सम्पर्क अधिकारीहरू जसले हिमाल चढ्नु त पर जाओस् परबाट देखेका सम्म होला । आधिबाटै बाट फर्कन्छन् । बिबिसीमा बोल्ने रहर कसलाई हुन्न? प्रम पनि हौसिएर गए । उनले कण्ठ गरेको भोक्याबसहरूमा ‘चैन्ज’, ‘कन्स्टिच्युसन’, ‘ट्रान्जिसन’, ‘डेमोक्रेटीक इलेक्सन’, ‘टु थर्ड मेजोरिटी’, ‘डेभलपमैण्ट’, ‘सपोर्ट’ आदि रान, बिबिसिले ‘हिमाल’ चढ्नेहरू जाममा परेको, लैजन अधिकारी भागेको, आदि सोधे पछि प्रम अलमलिए…. । तर जे होस, न आत्तिकन जवाफ फर्काउन जोड गरे। त्यसैमा मेरो नाक ठुलो भयो ।

पानी त दुवै आग्रा र गाग्रामा हुन्छ नि त! बिबिसीको प्रश्नको भेउ पाउन गारो भयो प्रमलाई । मान्नु पर्ने चाहिँ भेउ पाए…

Gepostet von Balkrishna Mabuhang am Mittwoch, 12. Juni 2019

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here