काठमाडौं । लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजातिहरुले दोस्रो दिन पनि काठमाडौंका माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।
आदिवासी जनजातिहरुले मंगलबार पनि माइतीघरमा भेला भएर आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

बुधबारको प्रदर्शनमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । जसमा मधेसी समुदायको पनि सहभागिता थियो । उक्त प्रदर्शनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि सहभागिता जनाएको छ ।

आयोगले संविधानको धारा ४२ तथा समानुपातिक समावेशी सिद्धान्तको विपरीतमा स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन निकालेको भन्दै सुरुवातदेखि नै सोको कडा विरोध भइरहेको छ ।

सत्तारुढ दल समाजवादी पार्टी नेपालले प्रेस विज्ञप्ती नै निकाली विज्ञापन सच्याउन माग गरेको थियो भने सरकारको नेतृत्व गरिरहेको दल नेकपाका धेरैजसो धेरैजसो नेताहरुले आयोगको विज्ञापन सच्याउनुपर्ने बताइसकेका छन् ।
तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने विज्ञापन खारेज नगरिने बताएका छन् ।
उनलाई नेकपाका सांसद विजय सुब्बाले साथ दिएका छन् ।

संसदको राज्य व्यवस्था समितिले उक्त विज्ञापन संविधान विपरीत रहेको देखिएको ठहर गर्दै रद्द गर्न आयोग र मन्त्रालयलाई निर्देशन दिइसकेको छ । तर समितिको निर्देशनमाथि मन्त्री पण्डितले चुनौती दिएका छन् ।
समितिभन्दा मन्त्रीको हैसियत माथि रहेको जस्तो गरी मन्त्री पण्डितको प्रस्तुति रहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here