नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् । पढ्ने आरक्षण । यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र ? ब्राह्मणहरुले वेद पढे । पुराण पढे । कर्मकाण्ड पढे र कर्मकाण्ड गरे । दलितहरुले वेद पढ्न खोज्दा जिब्रो काटियो । सैयौँ वर्षको यही आरक्षणमा टेकेर ब्राह्मणहरु आज क्षमताको बहस गर्ने ठाउँमा आइपुगेका हुन् ।

मान्नुस् या नमान्नुस् । गरीबीकै मारमा परेका ब्राह्मणहरुको पनि चेतना भने तत्कालीन समाजमा सबैभन्दा उन्नत बन्न पुग्यो । ब्राह्मणहरुले टुप्पी नै कसेर पढे पनि उनीहरुले आरक्षण व्यवस्थाभित्रै बसेर पढेका हुन् । राज्यको राजनीतिक सामाजिक आर्थिक व्यवस्थाले गर्दा शिक्षा तुलनात्मक रूपमा ब्राह्मण/क्षेत्रीमैत्री बन्न पुग्यो । परिणामस्वरूप अध्ययनको आधारमा प्राप्त गरिने राज्यका अंगहरुमा उनीहरुकै बर्चस्व हुन पुग्यो । यस्तै प्रकारको आरक्षण क्षेत्री/ठकुरीहरुले पनि पाए । राज्य सञ्चालन गर्ने आरक्षण । सुरक्षा र सेना सञ्चालन गर्ने आरक्षण । कोही जन्मैले बहादुर हुने त होइन । तर क्षेत्री/ठकुरीहरुलाई बहादुरीसँग जोडियो र अधिकांश क्षेत्री/ठकुरीले नाममै बहादुर लेख्ने परम्पराको विकास हुन पुग्यो । बहादुर लेख्ने परम्परा पछि दलित र जनजातीहरुमा पनि आयो तर राजनीतिक संयन्त्रको आरक्षण दलितहरुमा पुग्न सकेन ।

आज क्षेत्री/ठकुरी समुदाय क्षमताको बहस गर्ने ठाउँमा एक्कासी आइपुगेका होइनन् । सैयौँ वर्षको आरक्षणले ल्याइपुर्याएको हो । परिणामस्वरूप उनीहरुको राज्यमा पकड झन् बलियो बन्न पुग्यो । यसको अर्थ यो होइन कि देशका हरेक ब्राह्मण क्षेत्रीहरुले राज्य सञ्चालन गरे । कतिले प्रत्यक्ष लाभ पाए कतिले पाएनन् । तर समाजमा उनीहरुको चेतना उन्नत बन्न पुग्यो । हामीहरुले आफूले पाउँदै आएको आरक्षण देख्दै नदेख्ने तर आजभोलि उत्पीडित वर्ग समुदायले पाएको आरक्षणमात्र देख्दा बुझाई अपूर्ण हुन्छ।

आरक्षण प्रणालीमा अहिले विश्वका कैयौँ देशहरुमा समस्या देखिन थालेको छ । आरक्षण लक्षित वर्ग समुदायसम्म पुग्न सकेको छैन । उत्पीडित वर्गको आरक्षण उत्पीडित वर्गभित्रका सामन्तहरुले पाइरहेका छन् । यो समस्याले झन् निराशा थपेको देखिन्छ । यसको समाधान आरक्षण हटाउनु होइन । आरक्षण लक्षित वर्ग, समुदायसम्म कसरी पुर्याउने भन्ने विषयमा नयाँ नीति ल्याउनुपर्ने हुन सक्छ । आरक्षण अनन्त कालसम्म हुन सक्दैन । तर लक्षित जनतासम्म नपुग्दै आरक्षण व्यवस्था हटाउन खोज्नु प्रतिगमन हुन्छ । बरु आरक्षण गरीब एवं उत्पीडितसम्म कसरी पुर्याउने ? बहस गरौँ ।

(याे लेख रेग्मीकाे फेसबुकबाट लिइएकाे हाे । उनी तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव हुन्)

5 COMMENTS

  1. यदि बाहुनले बेद, गिता, रामायण आदि किताबहरु पधे भने ती किताबहरु कसले लेखे? बाहुनले या कामी र दमाईले? किन यी तल्ला जातिकाले बाहुन क्षेत्री भन्दा पहिले ती किताब पढेनन? नरेश रेग्मी जि ले भनेको कुरा त बाहुनको शसन पश्चातका हुन। तर यी तल्ला जतिकाले किन बहुनभन्दा अघि यी काम गरेनन? किन यिनिहरुले बाहुन क्षेत्री भन्दा पहिला शासन गरेनन? के बाहुनको शासनभन्दा पहिले यो जातभात र भेदभाव थियो त? पक्कै थियन । किन यिनिहरुले शासन गरेर बाहुनलाई हेपेनन? के त्यसको दोष पनि हामी बाहुनलाई हो?

    • साथी तपाईंले भन्नु भए जस्तै पहिलेनै बाहुनभन्दा माथि किन भएनन् भन्ने त अलि मूर्खता पूर्ण प्रश्न भाएनर । जब जात थिएन त्यति बेला सोच्नुस् की सबै एकै थिए । जब जो पढेलेखेका भए त्यो समयमा उनीहरू बाठो भएर पढेलेखेको आफू र आफ्नो आसेपासे लाई उच्च वर्ग भन्न भ्याए र जो आजको समाजमा कोही कोही बाहुनहरु पनि श्रम गर्छन्नी तिनीहरुलाई त्यति बेला देखि कथित तल्लो जाती भनियो र त्यसपछि जो श्रम गर्थे तिनीहरुलाई अब पढ्ने अवसर दिन छोडे र जो पढे उनीहरुको शाखा सन्तानले मात्र पढ्ने व्यवस्था भयो सयौं वर्ष । जस्तो कि नेपाली कांग्रेसमा कोइराला अनि भारतीय कांग्रेसमा गान्धीलाई गरियो । अनि समाजमा अझै पनि तपाईं जस्तै तल्लो जाती भन्ने महान विद्वानहरू त्यति बेला पनि हुनुहुन्थ्यो जसले गर्दा जति बेला जात व्यवस्था सुरु गर्दा गरीब, पढाइमा पहुंच नभएका मानिसहरू थिए ती त्यति बेलानै त्यति बेलाको ठुलोठालो का लागि साना भए जसले श्रम पर्ने, फोहोर लाग्ने कामहरु आफ्नो इच्छा बेगर पनि गर्नुपर्ने भयो किनकि ती साना थिए । यसरी ३०० वर्ष भन्दा बढी समय देखि पढाइ अनि राज्यको उच्च ओहोदामा निषेधित गरिएको एउटा वर्गलाई एकै पटक माथि उठाउन सहयोग गरिएको भनेको खुट्टा काटिएकाहरुलाई बैशाखी दिइएको हो साथी जस्को खुट्टा हामीले काटेका हौं यो समाजले काटेको हो त्यसैले कमसेकम हाम्रो सन्तानहरूको समयमा सबै समान हुने भावना को विकास गरौं हाम्रो दरसन्तानहरू को मन अनि दिमागमा यो वृष वृक्ष नरोपौ नबुझे जस्तो गरेर बुझ् पचाउने भन्दा अरूलाई बुझाउने काम गरौं । ।

  2. आरक्षण ले मात्रै उत्पीडित बर्ग को उत्थान हुन्छ भने बाहुन क्षेत्री दशनानी हरुलाइ अब उप्रान्त कुनै अबसर नदिउ।अनि लेखक ज्युले भने जस्तै उत्पीडित हरु लाई हरेक अङ्ग मा पहिलो प्राथमिकता दिन लगाउ ।आखिर मा तपाईंले पडेको वर्गसंघर्ष भनेको त जातीयता को सघर्स रहेछ।त्यस पछि सबै ठिक हुन्छ ।

  3. कुराे सहि हाे काल मार्कसले वैज्ञ्यानिक कम्युनिष्ट सिदान्त पुस्तकमा जातिय विभेद काे प्रश्ट उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here