झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले कमल गाउँपालिका–५ पाडाजुंगीमा निर्माणाधीन ‘आदिवासी रंगशाला’लाई नाम परिवर्तन गरी ‘मदन भण्डारी रंगशाला’बनाउन खोजिएको भन्दै उक्त कार्यको कडा रुपमा प्रतिवाद गरेको छ ।

मञ्चले सोमबार रंगशाला स्थलमै आफ्नाे पार्टीको झण्डा समेत गाडेको छ । र उक्त झण्डा उखेल्न खोजे मैदानमै कुराकानी हुने मञ्चका अध्यक्ष कुमार लिङदेनले चेतावनी दिएका छन् ।

उनले वर्तमान कम्युनिष्ट सरकारले आदिवासी रंगशालाको नाम परिवर्तन गर्ने प्रयास गरेको बताएका छन् ।

मञ्चले रंगशाला निर्माणस्थलमा पत्रकार सम्मेलन समेत गरेको थियो ।
मञ्चले नाम परिवर्तनको विरुद्धको आन्दोलनका लागि भानु भट्टराईको संयोजकमा संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिले प्रेस विज्ञप्ती निकालेर ७ बुँदे माग राखेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here