काठामडौं । लोक सेवा आयोगको असंवैधानिक विज्ञापन खारेज गराउनका लागि आदिवासी जनजातिहरु आन्दोलनमा उत्रदैछन् ।

आइतबार काठमाडौंको बालाजुस्थित तमु ह्युल छोज धि भवनमा बसेको आदिवासी अगुवाहरुको बैठकले आन्दोलनको विकल्प नभएकोले सडकमा उत्रने निर्णय गरेको हो ।

बैठकमा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङ, अर्का पूर्वमहासचिव सुरेश आले मगर, अर्का पूर्वमहासचिव परशुराम तामाङ, महासंघका वर्तमान उपाध्यक्ष गोविन्द छन्त्याल लगायत विभिन्न आदिवासीजन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

लोक सेवाको विज्ञापनले समानता र समावेशीको अधिकार गुमेको निष्कर्ष निकालिएको छ । आदिवासीहरुले सिंहदरबारकेन्द्रीत मात्र नभएर प्रदेश र जिल्ला तहमा पनि आन्दोलन गर्ने बताएका छन् ।

उनीहरुले सोमबार (आज) पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्नेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here