निरहु यादव

कपिलवस्तु । जिल्लामै हरेक पक्षमा पछौटे मानिएको कृष्णनगर केही पक्षमा भने अगाडि देखिएको छ । नेपालभरि नै संचालनमा रहेको सार्बजनिक शौचालयमा दिसापिसाबको शुल्क १०/५ असुली हुने गरेको छ भने कृष्णनगरमा नगरपालिकाद्वारा संचालित एउटा मात्रै शौचालयमा भारतीय रुपैयाँ १० वा नेपाली १५ रुपैयाँ असुली गरिदै आइएको छ ।

नगरपालिकाले नै बर्षको ८५०००० रुपैयाँ  ठेक्का गरिदिएकोले आफुहरुले पनि रकम बढाएको शौचालयमा असुली गर्नेले बताए ।

बार्डर पारी बढनी बजारमा सरसमान खरिद गर्न दाङ , प्युठान ,अर्घाखाँची ब्यापारी तथा आमउपभोक्ताहरु कृष्णनगर झर्ने गरेका छन् भने उपभोक्ता तथा सुपादेउराली र स्वर्गद्वारी दर्शन गर्ने हजारौं भारतीयहरु कृष्णनगर आउने गरेका छन् ।

पारी ५ रुपैया  तिर्नेहरु यता दोब्बर लाग्नेहुँदा बोत्तलको सहायताले खुलामा दिसापिसाब गर्ने गरेका छन  भने धेरैले बाध्य भएरै १५ रुपैयाँ तिर्ने गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here