काठमाडौं । समाजवादी विद्यार्थी फोरम नेपाल जनप्रशासन क्याम्पस इकाईको आयोजनामा शुक्रबार एक दिने लोक सेवा परिक्षा तयारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको छ ।

पुजा साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल अनुसन्धान विभागका पूर्व एसएसपी तथा अधिवक्ता किवाङ हाङ राईले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा समाजवादी विद्यार्थी फोरम प्रदेश नं ३ का अध्यक्ष अशोक राईले लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी जारी गरेको विज्ञापन संविधान विपरित भएकोले सच्याउन आग्रह गरे ।

विज्ञापन नसच्याइए आपूmहरु कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

सो अवसरमा विभिन्न दशजना विद्यार्थीहरु समाजवादी विद्यार्थी फोरममा प्रवेश गरेका थिए । प्रज्वल अर्याल, रविन्द्र यादव, अमुना श्रेष्ठ, मदन अर्याल, रेणु चौधरी, रञ्जना पाठक, कोमल सिंह, वेदप्रसाद धामी, संगीता तिमिल्सिना र सचिन्द्र यादव प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here