काठमाडौं । किरात राईहरुको सामाजिक तथा जातीय संस्था ‘किरात राई यायोक्खा’ले लोक सेवा आयोगको विज्ञापन अविलम्ब सच्याउन जोडदार माग गरेको छ ।

यायोक्खाका महासचिव जनक राईले प्रेस विज्ञप्ती निकाल्दै आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्रविरोधी आयोगको विज्ञापनप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र उक्त विज्ञापन अबिलम्ब सच्याउन माग गरेका हुन् ।

‘लोक सेवा आयोगको इतिहासमै एकैपटक यति ठुलो संख्यामा कर्मचारी पदपूर्तिको लागि विज्ञापन आव्हान गर्दा यो देशको विविधतालाई लत्याउदै संविधानले व्यवस्था गरेको समानुपातिक र समावेशिता (महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडा वर्ग क्षेत्र) विरोधी उक्त विज्ञापनको घोर विरोध गर्दै विज्ञापन अबिलम्ब खारेज गरी समानुपातिक समावेशी सिद्धान्त बमोजिम पुनः विज्ञापन आव्हान गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘संविधान र कानुनको अपव्याख्या गर्दै जनताको त्यागपूर्ण संघर्ष र आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई नामेट गर्ने गरी गरिएको यस्तो हर्कतलाई नसच्याई विभेदलाई कायम राख्दै विज्ञापन नसच्याइए त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम् सरोकारवाला निकायको रहनेछ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here