बलराम तिमलसिना

बलराम तिमलसिना

आर्यहरूको शाखा सिन्धु घाँटी आइपुग्दा उनीहरूसँग राम, कृष्ण, शिव, ब्रम्हा कोही पनि थिएनन् । घुम्दै घुम्दै आएका वर्वर जाती आर्यहरू सिन्धु घाँटी आइपुगेर गंगाकाे मैदानमा फैलिने र सामन्ती युगमा प्रवेश गर्ने क्रमसँगै आर्यहरूकै कोखबाट राम जन्मे र कृष्णहरू जन्मे ।

सम्भवतः आफ्नो समुयका चलाख, धूर्त, शक्तिशाली र आक्रामक सामन्त या राजाहरूलाई आर्यहरूले ईश्वरीय रुप दिए । आर्यहरूको त्यो झुण्ड सिन्धु घाँटी आइपुग्नु पहिले उनीहरू कुन ईश्वर मान्थे होलान् ? या उनीहरू प्रकृति पूजक थिए ? तिनीहरूका ईश्वरहरू नाम, जात, मानवीय अनुहार भएका र बाबुआमा खुलेका थिए ? के ईश्वरको पनि जात, थर र जन्म मिति हुन्छ ? के मान्छेको कोख र विर्यबाट ईश्वर जन्मन्छ ? यी र यस्ता प्रश्नहरू स्वभाविक रुपमा उठ्छन् ।

सम्भवतः आर्यहरू सिन्धु घाँटी आइपुग्ने बेलासम्म उनीहरूले ईश्वरको रचना गरिसकेका थिएनन् । अलौकिक शक्तिको परिकल्पना चाहिँ थियो । उनीहरू प्रकृति पूजक नै थिए ।

प्रकृतिको शक्तिलाई मान्छेमा आरोपित गर्ने काम धेरै पछि मान्छेले नै गर्यो । अल्लाह, यशू, बुद्ध, ब्रम्हा, विष्णु, महेश्वर लगायतका सबै ईश्वर भनिएकाहरू मानव जातिको इतिहासको विकासक्रममा धेरै पछि मात्रै जन्मे ।

सम्भवतः आफ्नो समुयका चलाख, धूर्त, शक्तिशाली र आक्रामक सामन्त या राजाहरूलाई आर्यहरूले ईश्वरीय रुप दिए ।

त्यसैले ईश्वरले मान्छेको हैन मान्छेले ईश्वरको सृष्टि गरेको हो । आफ्नै जात, कुल र वर्गको जेठो-बाठो र शक्तिशालीले मान्छेबाट अलग गरेर आफूलाई ईश्वर घोषणा गर्यो र कमजोरहरूले त्यसलाई पत्याए । सबै धर्ममा यही भएको हो ।

यसरी हेर्दा सुरुसुरुको जङ्गली जीवनको मान्छे सतप्रतिशत भौतिकवादी थियो । दास युगमा पुगेपछि ठगहरू र शासकहरू जन्मे । ठग र शासकहरूले जनतालाई तर्साउन ईश्वरको रचना गरे ।

संसारमा ठग र शासकहरू रहुन्जेल ईश्वरको अवधारणालाई उनीहरूले बचाइराख्नेछन् । मानव जाती आफ्नो विकासको चक्र पूरा गरेर फेरि ठगहरू र शासकहरू नहुने समाजमा पुग्नेछ ।

त्यसपछि राज्य, सेना, प्रहरी, जेल, अदालत, नचाहिएजस्तै कसैलाई तर्साउन ईश्वरको पनि खाँचो पर्ने छैन । भौतिकवादीबाट सुरु भएको मानव जातीको विकासक्रम फेरि भौतिवादी बन्ने विन्दुमा पुग्ने छ ।

(तिमलसिनाकाे फेसबुकबाट)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here