काठमाडौं । हिमाल आरोही कामिरिता शेर्पाले एक हप्तामा दुईचोटि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।
यो सँगै उनले आप्mनै रेकर्ड तोड्दै २४औं पटक सगरमाथाको शिखरमा पुगेका हुन् ।

उनी विश्वको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् ।
शेर्पाले गत बुधबार विहान २३औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । उनको उक्त किर्तिमान नयाँ थियो ।
तर २३औं पटक सगरमाथा आरोहण गरेर बेस क्याम्पमा झरे लगत्तै उनी फेरि सगरमाथा उक्लिए ।

गत मंगलबार उनले २४औं पटक सगरमाथाको आरोहण गरे ।

मंगलबार उनले विहान ६ बजेर ३८ मिनेट जाँदा २४औं पटक सगरमाथा आरोहण गरी नयाँ किर्तिमान बनाएको पर्यटन विभागले जनाएको छ ।

हाल २५ वर्ष उमेर रहेका शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सुरुदेखि नै २५ पटक सगरमाथा आरोहण गर्ने बताउदै आएका थिए ।
अर्को वर्ष उनी पुनः २५औं पटकको सगरमाथा आरोहण गर्नेछन् । त्यसपछि भने उनले आरोहण गर्ने छैनन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here