दिलिप कुमार यादव
कपिलवस्तु, १२ बैशाख । संघीय समाजवादी फोरम नेपाल शिवराज नगरपालिकाको प्रथम अधिवेशनले कृष्णकुमार चौधरीकोे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रमिला थारु, सचिवमा पारस केवट, सहसचिवमा मैनाज खाँ, कोषाध्यक्षमा किशलावती यादव सदस्यहरुमा शुभराती शाह, महरानी थारु, ओम प्रकाश चौधरी, उर्मिला चौधरी तौलेश्वर यादव छन् ।

त्यसै क्रममा जिल्ला समन्वय समितिको लागि कृष्णकुमार चौधरी, गम्मी रैदास, रहिश शाह र प्रभु यादवलाई चयन गरेको छ ।

नवनिर्वाचित सम्पूर्णलाई पार्टीका नेताहरुले संघीयतालाई स्थापित गराउना खटिनुपर्नेमा जोड दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

शुभकामना मन्तव्य दिदै फोरमका केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का संसदीय दलका नेता सहसराम यादवले अहिलेको सरकारका २ नं प्रदेश बाहेक सबै प्रदेशले संघीयताको मर्म नै नबुझेको बताउदै फोरम संघीयताको पक्षधर रहेकोले संघीयता टिकाउना फोरम नेपालको अहम् भूमिका रहेको बताए ।

तसर्थ सम्पूर्ण नेता कार्यकर्ताहरुले संघीयताको पक्षधर भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

साथै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य मंगलप्रसाद गुप्ता, रामवरण यादव प्रदेशका प्रवक्ता अब्दुल अकरम पठान, प्रदेशका युवा नेता शैलेशप्रताप शाह, शिवपुजन यादव, जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव, थरुहट तराई प्रदेश सदस्य रामनिवास यादव लयागतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here