ओखलढुंगा- संघीय समाजवादी फाेरम नेपाल ओखलढुंगा अध्यक्षमा नेत्रबहादुर नेम्वाङ चयन भएका छन् ।

नेम्बाङकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएकाे हाे ।

नेम्वाङ यसअघि जिल्ला उपसचिव थिए ।

उनी संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

सदरमुकाममा सम्पन्न भेलाले आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने प्रदेश नं १ प्रथम अधिवेशनमा सहभागी हुन ९ जना प्रतिनिधि समेत चयन गरेकाे संघीय प्रेस फाेरमका उपाध्यक्ष कुलबहादुर तामाङले जानकारी दिए ।

भेलामा अध्यक्ष धिरेन्द्र रुम्दालीले जिल्ला पार्टिकाे राजनीतिक र सांगठनिक प्रतिवेदन र सचिव प्रकाश तामाङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

जिल्ला समितिका अध्यक्ष रुम्दालीकाे अध्यक्षतामा भएकाे भेला वैकल्पिक केन्द्रीय सदस्य नवराज गुरुङकाे प्रमुख अतिथि थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here