काठमाडौं, २९ चैत । सरकारले व्यक्तिको नाममा भएको देशभरको सरकारी जग्गाको खोजी गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालय र भूमिसुधार मन्त्रालयलाई व्यक्तिको नाममा रहेको सरकारी जग्गा खोजी गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थाहा पाएपछि सरकारले यसलाई वृहत बनाउदै देशभर लगेको हो ।

सरकारी जग्गालाई व्यक्तिको नाममा ल्याउन ठूलै भूमाफिया गिरोहको संलग्नता रहेको देखिएको छ ।

यसमा पूर्व मन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललगायत मुछिएका छन् ।

स्रोतका अनुसार देशभरका यस्ता जग्गाबारे छानबिन गर्न भूमिसुधार मन्त्रालय र गृह मन्त्रालयले समन्वय गरेर आयोग गठन गर्नेछन् ।

आयोगको संरचना कस्तो हुनेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here