काठमाडौं, २९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इञ्चार्ज विरबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

घलानलाई बिहीबार राति हेटौडा उपमहानगरपालिका–८ फायरलाइनबाट प्रहरीले पक्राउ गरेको हो ।

सवारी साधन चेक गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानसहित अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको हो ।

तर प्रहरीले भने उनीहरुलाई सार्वजनिक गरेको छैन ।

नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उसको कार्यकर्ताहरुमाथि धरपकड गर्न थालेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here