माेरङ, २४ चैत । मोरङको उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रा.लि.को आयोजनामा तीनदिने क्यान्सर सम्बन्धी शिविर सञ्चालन हुने भएको छ ।

पूर्वी मोरङको ६ वटा स्थानीय तहको सहकार्यमा महिलाहरुको पाठेघरको मुखमा हुने, ब्रेष्ट क्यान्सर, घाँटी तथा टाउकोमा हुने क्यान्सरको पहिचान गर्ने उदेश्यले शिविर राख्न लागिएको अस्पतालको प्रबन्ध निर्देशक चिरन्जीवी चुडालले बताए ।

मानिसमा देखिने क्यान्सरको लक्षण पत्ता लगाई उपचार गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको अस्पतालको अध्यक्ष लोलिम लिम्बूले बताए ।

चैत्र २५-१७ गतेसम्म हुने शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्रविधिक सहयोगमा शिविर हुने अध्यक्ष लिम्बूले आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी बताएका हुन् ।

क्यान्सर रोगको संकेत वा लक्षण नदेखिएका व्यक्तिहरुमा रोगको संभावना भए समयमै उपचारमा लागुन भन्ने उदेश्य राखिएको बताइएको छ ।

समयमै रोग पत्ता लागेमा ९० प्रतिशते र तेस्रो, चौथो स्टेजमा पुगेमा २० प्रतिशत मात्र निदान (निको)हुने अरनिको अस्पतालको प्रबन्ध निर्देशक चिरन्जीवि चुडालले बताए ।

गत बर्षदेखि अरनिको अस्पतालले उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई नगरपालिका, कानेपोखरी र मिक्लाजुङ्ग गाउँपालिको सहकार्यमा शिविर संचालन हुन लागेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार अघिल्लो बर्ष विश्वमा एक करोड २० लाख र यो बर्ष एक लाख ७० हजार मानिसको क्यान्सरबाट मृत्यु भएको उल्लेख छ ।

अरनिको अस्पतालले गत बर्षदेखि क्यान्सर सूचना केन्द्र स्थापना गरेर रोग पत्ता लगाउने प्रयास गरिरहेको छ ।

गत बर्ष भएको शिविरमा दुई हजार बढी ब्यक्तिमा क्यान्सर सम्बन्धी परीक्षण गर्दा २० जनामा लक्ष्यण देखिएपछि उपचारको लागि रिफर गरिएको निर्देशक चुडालले बताए ।

क्यान्सर परीक्षण निशुल्क हुने बताइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here