काठमाडौं, १९ चैत । स्नातकोत्तर तहमा ‘किरात मुन्दुम’का विभिन्न विषयमा थेसिस गर्ने विद्यार्थीलाई छनोट गरी पुरस्कार प्रदान गरिने भएको छ ।

किरात मुन्दुम अध्ययन केन्द्रले मुन्दुमको विषयमा खोज तथा अनुसन्धान गर्दै दस्तावेजीकरण गर्ने उद्देश्यले हरेक वर्ष यस विषयमा थेसिस गर्ने दुई जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

केन्द्रका अध्यक्ष जितेन राईले स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुलाई आवेदन दिनका लागि आव्हान समेत गरेका छन् ।

उनले मुन्दुमका विषयमा खोज अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको बताए ।

केन्द्रले गत चैत १६ गते ललितपुरमा मुन्दुमको विषयमा विचार गोष्ठि आयोजना गरेको थियो ।

यस विषयमा अब नियमित रुपमा विचार गोष्ठि, अन्तरक्रिया लगायतका कार्यक्रम गरिने वरिष्ठ गायक तथा संगीतकारसमेत रहेका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here