काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय फेसनजस्तो नभएको बताएका छन् ।
नेकपाका अध्यक्षसमेत रहेको उनको यो अभिव्यक्तिले संविधान संशोधन तत्काल अघि नबढ्ने संकेत गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’का क्रममा प्रधानमन्त्री ओलीले उक्त संकेत गरेका हुन् ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले संविधान संशोधन कहिले हुन्छ ? सुनकोशी र कमला डाइभर्सनको काम कहिले अघि बढ्छ ? भन्दै प्रश्न गरेका थिए ।

ओली, दाहाल र ससफो अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनबारे लिखित सहमति भएको थियो ।

प्रधानमन्त्रीले जवाफमा संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुने भन्दै फेसन जस्तो नभएको बताए ।
उनले भने, ‘यो अन्धाधुन्ध स्वीकार वा अस्वीकार गर्ने विषय होइन, संविधान जनताको प्रतिनिधिले बनाएको हो, यो अपरिवर्तनीय होइन, जहिले औचित्य वा संशोधनको आवश्यकता हुन्छ तब संशोधन हुन्छ ।’

नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल संविधान संशोधन गर्न तयार भएपछि मात्रै संघीय समाजवादी फोरम उपप्रधानमन्त्रीसहित गत जेठमा सरकारमा गएको थियो ।

ओली, दाहाल र ससफो अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनबारे लिखित सहमति भएको थियो ।

ससफोका नेताहरुले संविधान संशोधनको लिखित सहमतिपछि नै आफूहरु सरकारमा गएको बताउदै आएका छन् ।
तर हालसम्म पनि संविधान संशोधनबारे केही कुराकानी नभएपछि कतिपय कार्यकर्ता तथा नेताहरुले भने असन्तुष्टि जनाउन थालेका छन् ।

सांसद यादवले प्रतिनिधिसभाको बैठकमा सोही असन्तुष्टि व्यक्त गरेका थिए । यादवले यसअघि पनि संविधान संशोधन नभए पार्टी सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here