[sharethis-inline-buttons]

काठमाडौं, १ माघ । ‘किरात येले संवत् ५०७९’को अवसरमा किरात राई यायोक्खाले काठमाडौं उपत्यकामा शुभकामना आदान–प्रदान तथा किराती मौलिक खानपित कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित यायोक्खा परिसरमा आयोजित कार्यक्रममा किरात येले संवतको अवसरमा सहभागीहरुले आपसमा शुभकामना आदान–प्रदान गरे ।

किरात येले संवत किरात राई, लिम्बू, याक्खा सुनुवारलगायत किरात समुदायको साझा संवत् हो ।
चारवटै सामाजिक संस्थाले येले संवत्को अवसरमा आ-आफ्नाे अनूकुलमा कार्यक्रम गरेको छ ।
येले संवत् किरातीहरुको नयाँ वर्ष पनि हो ।

यायोक्खाले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका राई समुदायका अगुवाहरुको उपस्थिति थियो ।
छोटो औपचारिक कार्यक्रमपछि मौलिक किराती खानपिनको आयोजना गरिएको थियो ।

यायोक्खा परिसरमा सुगुरको मासु, गुन्द्रकको अचार, वाचिपा, सेलरोटी र तरुल खाएर येले संवत् मनाइएको छ ।

 

 

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here