कपिलवस्तु, ३० पुस । संघीय समाजवादी फोरम नेपालको महिला संगठन संघीय समाजवादी महिला फोरम, नेपालको कपिलवस्तुको जिल्ला समिति पुनर्गठन गरिएकाे छ ।

रेजना निशा मियाईनकोे अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश नं ५ का संसदीय दलका नेता सहसराम यादवको प्रमुख अतिथ्यतामा समिति पुर्नगठन भएको हाे ।

भेलाले उपाध्यक्षमा सत्यवाती हरिजन, सचिवमा सुमन्ता यादव, सहसचिवमा रिंका ठाकुर, कोषाध्यक्षमा गुलाब गडारिया रहेका छन् । नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथि यादवले मधेशी, जनजाती, अदिवासीहरुको अधिकारको लडाईंमा महिलाहरुको सक्रिय सहभागिता रहेको तथा अगामी दिनमा अझै जोडदार रुपमा उठाउन नयाँ कार्यसमितिले अहम् भूमिका खेल्नुपर्ने बताए । साथै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममै शुभकामना मन्तव्य राख्दै महिला फोरमको प्रदेश नं ५ की अध्यक्ष निलम यादवले महिलाहरुलाई नेतृत्वमा ल्याउना संघीय समाजवादी फोरम नेपाल सधै तयार रहेको तथा सय समितिले महिलाहरको नेतृत्वमा अहम् भूमिका खेल्नु पर्ने बताइन् । साथै नयाँ कार्यसमितिलाई सफलकार्यकालको शुभकामना दिदै महिला अधिकार तथा नेतृत्वको भूमिका लिन महिला फोरम तयार रहनुपर्ने बताइन् ।

नवनिर्वचित अध्यक्ष रोजना निशाले महिला फोरमले दिएको जिम्मेवारीलाई पूर्णरुपमा सफल बनाउन तथा पार्टीको हरेक क्रियाकलापमा महिला सहभागिता तथा नेतृत्वदायि कदम निर्वह गर्ने बताउँदै सबैको साथ र सहयोगले महिला फोरमलाई शाक्तिशाली बनाउने प्रतिबद्धाता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here