धरान, ३० पुस । धरानमा गत दसैं-तिहारको मेलामा हुलदंगा तोडफोडको आरोपमा पक्राउ परेका संघीय समाजवादी फाेरम नेपालका युवा नेता श्रीप्रसाद जबेगु १८ पछि साेमबार रिहा भएका छन् ।

समाजवादी युवा फाेरम सुनसरी अध्यक्ष समेत रहेका उनी १५ हजार रूपैयाँ धरौटीमा रिहा भएका हुन् ।

सुब्बालाई रिहाइ गर्नका लागि गत पुस २७ गते ४ दलद्वारा संयुक्त प्रेस विज्ञप्ती जारी गरिएकाे थियाे ।

प्रहरीले सुब्बालाई सार्वजनिक मुद्दा लगाएका थिए ।

विज्ञप्तीमा गत कात्तिक ६ गते समक्षे श्रेष्ठ र बलजीत तामाङलाई छुरा प्रहार गर्ने रतन लिम्बू, सम्पूर्ण ताम्राकार, पप्पु श्रेष्ठ, रोशन राई र अजय श्रेष्ठलाई तत्कालै घाइतेद्वारा किटानी जाहेरी दिएको तर उनीहरुलाई पक्राउ नगरिएको भन्दै  आक्रोश पाेखिएकाे छ ।

उक्त घटनमा समक्ष श्रेष्ठ र बलजीत तामाङ घाइते भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल उपचारका लागि लगिएकाे थियाे ।

साेमबार सुब्बा छुटेपछि सर्वदलीय बैठकले १० दिनभित्रमा किटानी जाहेरी गरिएकाहरूलाई पक्राउ गरि कार्वाही गर्न माग गरेकाे छ ।

प्रहरी प्रशासनले छुरा प्रहार गर्नेलाई पक्राउ गर्नुपर्नेमा शान्तिपूर्ण प्रदर्शन गर्नेलाई उल्टै पक्राउ गरेको थियाे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here