काठमाडौं, २९ पुस । किरात राई यायोक्खाले किरात येले संवत् ५०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

यायोक्खाले माघ १ गते कोटेश्वरस्थित आफ्नाे केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम गर्न लागेको हो ।
किरात येले संवत् किरातीहरुको नयाँ वर्ष हो ।

तर किरात येले संवत्बारे किराती समुदायबिचमा मतभिन्नता छ ।
हालसम्मको अध्ययन अनुसन्धान र ठोस प्रमाणका आधारमा यस वर्ष किरात येले संवत् ३७९८ लाई प्रयोगमा ल्याउनुपर्ने एक खालका किरातीहरुको धारणा छ भने अर्काथरिले ५०७९ लाई नै यथावत प्रयोग गर्नुपर्ने बताइरहेका छन् ।

खासगरी किरात येले संवत् अध्ययन समन्वय समितिले करिब चार वर्षअघि विभिन्न विज्ञ र इतिहासविदहरुलार्ई भेला गराएर पटक पटकको छलफलबाट ठोस प्रमाण जुटाएर सोही आधारमा गणाना गरी किरात येले संवत्बारे दस्तावेज तयार पारेका थिए ।

उनीहरुले किरात येले संवत्लाई संविधानमै सूचिकृत गर्न निकै प्रयास समेत गरेका थिए ।
उक्त समितिमा किरातजन्य संस्थाका प्रतिनिधिहरु नै थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here