सोलुखुम्बु, १६ पुस । नेकपा र कांग्रेस परित्याग गरी दुई दर्जन कार्यकर्ताहरु साेमबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

नेकपा क्रान्तिकारी महिला संघको सोलुखुम्बु जिल्ला कोषाध्यक्ष, नेपाल शेर्पा संघ सोलुखुम्बु जिल्ला उपाध्यक्ष र शेर्पा किदुक छोक्पाका अध्यक्ष आङपेमा शेर्पाको नेतृत्वमा २६ जना कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका हुन् ।

नेकपाले अब अादिवासी जनजातिहरूकाे मुद्दा सम्बाेधन नगर्ने अवस्था सिर्जना भएपछि नेकपा परित्याग गरी उनीहरू ससफाेमा प्रवेश गरेका हुन् ।

कांग्रेसका कार्यकर्ताहरूले भने पार्टी नेतृत्व तहकै जिम्मेवार नेताहरूले हिन्दू राज्यकाे एजेण्डा उठाउन थालेकाले अब कांग्रेसमा बसिरहनुकाे अर्थ नरहेकाे भन्दै उनीहरू पनि एकसाथ पार्टी प्रवेश गरेका हुन् ।

ससफोका नेता लाक्पा शेर्पाले उनीहरुलाई स्वागत गरेका हुन् ।

उनले उक्त कार्यक्रमको तस्बिर समेत फेसबुकमा राखेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here