काठमाडाैं, १६ पुस । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले कक्षा ८ सम्म मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा प्रणाली लागू गर्न प्रस्ताव गरेको छ ।

आयोगले मातृभाषामा व्यवहार नगरिँदा भर्ना भएका हजारौं बालबालिकाले बीचैमा पढाइ छाड्नुपरेको औंल्याउँदै त्यस्तो प्रस्ताव अघि सारेको हो ।

साना कक्षामा बालबालिकालाई पठनपाठन गर्दा मातृभाषाकै माध्यमबाट बुझाउनुपर्ने आयोगको सुझाव छ । मातृभाषामा आधारित शिक्षा कार्यान्वयनका निम्ति विद्यालयलाई तीन वर्गमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । विद्यालय सेवा क्षेत्रमा एकल मातृभाषी समुदायका विद्यार्थी, दुई भाषिक समुदायका विद्यार्थी र दुईभन्दा बढी भाषा प्रयोग हुने समुदायका विद्यार्थीलक्षित छ ।

अभिभावकहरू भने आफ्ना छोराछोरीलाई ‘अंग्रेजी शिक्षा’ पढाउनेतर्फ आकर्षित भइरहेका छन् । आयोगले शैक्षिक गुणस्तरका नाममा अंग्रेजी माध्यममा पठनपाठन गर्दा बालबालिकाले घोकेका भरमा प्राप्तांक हासिल गरे पनि सिकाइको आधार खस्किएको औंल्याएको छ । ‘मातृभाषालाई माध्यम भाषाका रूपमा छनोट गरी कार्यान्वयनमा लैजानु, द्वैभाषिक र बहुभाषिक शिक्षणका लागि शिक्षक तयार गर्नु चुनौतीपूर्ण छ,’ प्रतिवेदनमा छ ।

आजकाे कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here