पाँचथर- पाँचथरकाे तुम्बेवा गाउँपालिकामा संघीय समाजवादी फाेरम नेपालकाे संगठन पुनर्गठन गरिएकाे छ ।

तुम्बेवा गाउँपालिकाकाे प्रथम गाउँ अधिवेशन गरी राेशन लावतीकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएकाे संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावतीले बताए ।

समितिकाे उपाध्यक्षमा दिलप्रसाद लावती, सचिवमा यादव कुरुम्बाङ, सहसचिवमा अशोककुमार राई, कोषाध्यक्ष स्मृति राई छन् । प्रकाश खड्का, आइत सम्बाहाङफे र नइन्द्र लावतीलार्इ भने सल्लाहकार बनाइएकाे छ ।

ससफो नेपाल तुम्बेवा गाउँपालिका संयोजक रोशन लावतीको अध्यक्षतामा भएको उक्त अधिबेशनको प्रमुख अथिती केन्द्रीय सदस्य प्रेमराज लाओती, विशिष्ट अथितिमा वैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावती, अथितिहरुमा १ नं प्रदेश सदस्य एलबी रहपाल, लिम्बुवान समिति सदस्य प्रकाश खड्का, पूर्णबहादुर चेम्जोङलगायतको उपस्थित थियो ।

कांग्रेसबाट टेकेन्द्र कुरुम्बाङ र एमालेबाट वीरबहादुर नेपालीको नेतृत्वमा पार्टी त्यागी दर्जनौ नेता तथा कार्यकर्ता ससफाेमा प्रवेश गरेका थिए ।

त्यसैगरी सोही गाउँपालिका वडा नं ५ मा संघीय समाजवादी फोरम गठन गरिएकाे छ । हाङगुममा भएको भेलाले लोकबहादुर देवानको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा लिला कुरुम्बाङ र रमेश देवान, सचिवमा चन्द्र तुम्बाहाङफे, कोषाध्यक्ष मनिता देवन लगायत चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here