पाँचथर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुुमार लिङदेनले प्रदेश नं १ को नाम लिम्बुवान खम्बुवान प्रदेश राख्न माग गरेका छन् ।

शनिबारमा फिदिममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा लिङदेनले लिम्बुवान र खम्बुवान छुट्टाछुट्टै सामाजिक, सांस्कृतिक, भाषिक र भौगोलिक इतिहास र अवस्था भएकोले प्रदेश नं १ को नाम लिम्बुवान खम्बुवान राख्नुपर्ने बताए ।

उनले लिम्बुवान खम्बुवान प्रदेश बनाइएमात्रै दुवै इतिहास र अस्तित्व जोगिने जिकिर गरे । उनले किरात प्रदेश पक्षधरले आफूमाथि आरोप संकिर्ण बनेको लगाउने गरेकोमा गुनासो गरे ।

‘साथीहरुले कुरा बुझ्नुभएन,’ उनले भने, ‘लिम्बुवान खम्बुवान दुवैको अस्तित्वका लागि मैले यो कुरा भनिरहेको छु ।’
उनले लिम्बुवान राज्य प्राप्तिको आन्दोलन कुनै पनि हालतमा नरोकिने प्रष्ट पारे ।

उनले आन्दोलन र संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here