काठमाडौं- संघीय समाजवादी फोरम नेपाल काठमाडौं महानगरपालिका वडा नं १५ को अधिवेशन सम्पन्न भएको छ ।
शनिबार स्वयम्भूमा आयोजित अधिवेशनबाट सुमन महर्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा किरण महर्जन, सचिवमा दिपक ताम्राकार, सहसचिवमा सुवास बानियाँ, कोषाध्यक्ष लक्ष्मण महर्जन र सहकोषाध्यक्षमा शर्मिला बानियाँ निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुरज महर्जन, सुर्यलाल घतानी, राजेन्द्र महर्जन, नारायण क्षेत्री र रमेश नापित छन् ।

पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here