इटहरी- रियल ब्राण्डको मिक्स फ्रुटी जुसमा हिलोमा पाइने भ्यागुताको चेपागाडाजस्तो टाउको भएको भुर्रा भेटिएको छ ।

उक्त जुस इटहरी २० तरहरास्थित पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिएको अवस्थामा त्यस्तो किरा भेटिएको हो । उक्त जुसको उत्पादक कम्बनी डाबर नेपाल हो ।

होटल संचालक प्रविण थापाले ग्राहकले मागेको ठूलो साइजको रियल मिक्स फ्रुट खोलेर हेर्दा त्यस्तो वस्तु भेटिएका बताए ।

उनका अनुसार गत मंसिर ५ गते बुधबार बेलुकी होटलमा आएका ग्राहकले जुस मागेपछि खोलेर सर्भ गरिएको हो । तरहराको सगरमाथा सप्र्लायसबाट थोक मुल्यमा ल्याइएको फ्रुटीमा फोहोर भेटिएपछि तत्काल सप्र्लायसलाई खबर गर्दा पनि कुनै चासो नदिएको थापाले बताए ।

उनले सधै त्यही सप्र्लायसबाट सामान ल्याउने गरेका छन् । फ्रुटी पनि त्यहीबाट खरिद गरेर ल्याएका हुन् । थापाले फोहोर भेटिएको खबर गर्दा विक्रेताले भोली आउछु भनेर नआएका बताए । उक्त फ्रुटीको उत्पादन मिति २०१८ जुन ६ रहेको छ ।

मर्निङटाइम्स डेलीबाट

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here