जनकपुरधाम- रामजानकी विवाह महोत्सव भव्यरुपमा मनाउने निर्णय गरेको प्रदेश नं २ सरकारले महोत्सवको तयारी सरकारीस्तरबाट तीव्र पारेकाे छ ।

जानकी मन्दिरसँगको सहकार्यमा प्रदेश सरकारले महोत्सवको तयारी सुरू गरेकाे हाे ।

महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रमस्थलहरुकाे निरिक्षण गरे ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोलन, विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लालकिशोर साह, सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वयंम्बर स्थल रंग भूमि मैदान, जानकी मन्दिर परिसरकाे निरिक्षण गरेकाे हाे ।

मुख्यमन्त्री राउतले विवाहपंचमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डिआइजी हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुसँग सुरक्षा व्यवस्थाबारे छलफल समेत गरे ।

यस वर्षको महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहासिक बनाउन लागि परेको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी अागामी मंसिर २६ गते जनकपुरधाम आई जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजना हुने स्वयंम्बर कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here