खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका ७५ वर्षीय वीरबहादुर गुरुङ मृत भेटिएका छन् ।
उनी नेर्पाको भुल्केमा मेला भर्न गएका थिए ।

भुल्के पर्यटकीयस्थल हो । भुल्केमा लागेको मेला हेर्न गएका उनी बेलुकी घर नफर्किएपछि खोजी गर्दा भोलिपल्ट नामटार भिरभन्दा तल मृत भेटिएका हुन् ।

उनी घर फर्कने क्रममा राति भिरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here