काठमाडौं- माओवादी केन्द्रका संयोजक गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्डलाई डाकाको संज्ञा दिएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको जनसभामा बोल्दै किरातीले सो आरोप लगाएका हुन् ।

उनले भने, ‘हिजो क्रान्तिकारी नेता भनेर हामीले उनलाई समर्थन गर्यौ तर अहिले प्रचण्ड धनाड्यहरुको लाइनमा लागे, सम्पति थुपारे, जनतालाई धोका दिए, प्रचण्ड डाँका भए ।’

उनले नेपाली कांग्रेसले राणा शासन हटाएको र माओवादीले राजा हटाएको इतिहास भएपनि एमालेको त्यस्तो कुनै उल्लेख्य इतिहास नरहेको पनि दावी गरे ।

‘कांग्रेसले राणा र माओवादीले राजा हटाएको हो, एमालेको मुख्य योगदान गरेको इतिहास हिजो पनि थिएन, आज पनि छैन,’ किरातीले भने।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here